काठमाण्डौ । विश्वव्यापी महामारीको रुपमा द्रुत गतीमा फैलिरहेको कोरोना भाइरस रोगको संक्रमणलाई मुलुक भित्र फैलिन नदिन तथा सोको रोकथाम एवं नियन्त्रणका लागि नेपाल सरकारबाट भैरहेको प्रयास तथा सो प्रयासमा आ–आफनो तर्फबाट सहयोग गर्न नेपाल सरकारबाट आव्हान गरिए बमोजिमको “कोरोना भाइरस संक्रमण रोगथाम एवं नियन्त्रण उपचार कोष” मा नेपाल धितोपत्र बोर्डको तर्फबाट रु ५०,००,०००।( (अक्षेरुपी रु पचास लाख) जम्मा गर्ने व्यवस्था गरिएको व्यहोरा बोर्डले जनाएको छ ।

विपत्तिको घडीमा नेपाल सरकारले चालेको रोग नियन्त्रणको अभियानमा आ–आफनो तर्फबाट समेत सहयोग पु¥याउन पूँजीबजारका सबै सहभागीहरु नेप्से, सिडिएसी, क्रेडिट रेटिङ्ग संस्थाहरु, मर्चेण्ट बैंकरहरु, धितोपत्र दलाल व्यवसायीहरु, आस्वा सदस्यहरु तथा सूचीकृत कम्पनीहरु लगायतका संस्थाहरुलाई सो खातामा यथासक्दो रकम जम्मा गरी सहयोग गर्न बोर्डले आग्रह गरेको छ ।