 
                     
                                
                             
                                    काठमाण्डौ । खप्तड लघुवित्त वित्तीय संस्था र सिक्लेस हाइड्रोपावर लिमिटेडको सेयर आगामी साताभित्रै धितोपत्र दोस्रो बजारमा आउने सम्भावना रहेको छ।
यी दुवै कम्पनीको आईपीओ नेप्सेमा सूचीकरणको प्रक्रिया लगभग अन्तिम चरणमा पुगेको छ। ‘सम्भव भएसम्म आउँदो सोमबार ती कम्पनीहरुसँग सूचीकरण सम्झौता हुन सक्छ, नभए मंगलबारसम्म हुनेछ’, नेप्सेका एक अधिकारीले भने, ‘आगामी साताभित्रै ती दुवै कम्पनीको सेयर कारोबारमा आउने सम्भावना छ।’
खप्तड लघुवित्तले गत भदौ ८ गतेदेखि भदौ १२ गतेसम्म आईपीओ निष्कासन गरेको थियो। जसअनुसार यो लघुवित्तले १०० अंकित दरका कुल १ लाख २१ हजार कित्ता आईपीओ बिक्री गरेको थियो।
यो लघुवित्तको आईपीओ बाँडफाँड भने गत भदौ २० गते भएको थियो। आईपीओ बिक्री प्रबन्धक भूमिका प्रभु क्यापिटलले निभाएको थियो।
यसैगरी सिक्लेस हाइड्रोपावरले गत भदौ २९ गतेदेखि असोज २ गतेसम्म १०० अंकित दरका कुल ११ लाख ५० हजार कित्ता आईपीओ बिक्री गरेको थियो। यो आईपीओको बाँडफाँड गत असोज ११ गते बिक्री प्रबन्धक बीओके क्यापिटल मार्केटको कार्यालयमा गरिएको थियो।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19