काठमाण्डौ । खप्तड लघुवित्त वित्तीय संस्था र सिक्लेस हाइड्रोपावर लिमिटेडको सेयर भोलि मंगलबारदेखि धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने भएको छ।
यी दुवै कम्पनीको आईपीओ आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएका छन्। कुनै पनि कम्पनीको धितोपत्र नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउने गरेका छन्।
नेप्सेमा खप्तड लघुवित्तको १०० अंकित दरका कुल ४ लाख कित्ता सूचीकृत भएको छ। जसमा संस्थापकको २ लाख ६८ हजार कित्ता र सर्वसाधारणको १ लाख ३२ हजार कित्ता छन्।
खप्तड लघुवित्तलाई नेप्सेले केएलबीएल कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि भने प्रतिकित्ता न्यूनतम १०१.०७ रुपैयाँदेखि अधिकतममा ३०३.२१ रुपैयाँ तोकिएको छ।
खप्तड लघुवित्तले गत भदौ ८ गतेदेखि भदौ १२ गतेसम्म आईपीओ निष्कासन गरेको थियो। यो लघुवित्तको आईपीओ बाँडफाँड भने गत भदौ २० गते भएको थियो।
यसैगरी नेप्सेमा सिक्लेस हाइड्रोपावरको १०० अंकित दरका कुल ८५ लाख कित्ता सेयर सूचीकृत भएको छ। जसमा संस्थापकको ६५ लाख कित्ता, सर्वसाधारणको ११ लाख ५० हजार कित्ता र स्थानीयको ८ लाख ५० हजार कित्ता छन्।
नेप्सेले सिक्लेस हाइड्रोपावरलाई ‘एसआईकेएलईएस’ कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि भने प्रतिकित्ता न्यूनतम ११६.८६ रुपैयाँदेखि ३५०.५८ रुपैयाँ ओपनिङ रेन्ज तोकिएको छ।
यो कम्पनीले गत भदौ २९ गतेदेखि असोज २ गतेसम्म १०० अंकित दरका कुल ११ लाख ५० हजार कित्ता आईपीओ बिक्री गरेको थियो। यो आईपीओको बाँडफाँड गत असोज ११ गरिएको थियो।
भोलि स्पेसल प्रि–ओपन सेसनमा यी दुवै कम्पनीको सेयर नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएको खण्डमा नियमित समयका लागि कारोबारमा आउनेछन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19