काठमाण्डौ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आर्थिक वर्ष २०७९–८०को चौथौ त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। 

समीक्षा अवधिमा कम्पनीले ५ करोड ८४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ८ करोड ६१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो हिसाबले १०० प्रतिशत हकप्रद ल्याउन लागेको कम्पनीको नाफामा ३२.२० प्रतिशतको गिरावट आएको छ। 

चौथो त्रैमासमा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानीमा भने उछाल आएको छ। अघिल्लो वर्ष यही अवधिमा १३ करोड ९० लाख रुपैयाँ विद्युत बिक्रीबाट आम्दानी गरेकोमा समीक्षा अवधिमा ८८.९० प्रतिशतले बढेर २६ करोड २७ लाख रुपैयाँ भएको छ। 

कम्पनीको अन्य आम्दानी पनि ८ करोड २७ लाख रुपैयाँले बढेर १५ करोड ५४ लाख रुपैयाँ भएको छ। 

समीक्षा अवधिमा कम्पनीको कुल खर्च २३०.४३ प्रतिशतल बढेको छ। अघिल्लो वर्ष कम्पनीको कुल खर्च ७ करोड ९८ लाख रुपैयाँ रहेकोमा समीक्षा अवधिमा बढेर २६ करोड ३६ लाख रुपैयाँ पुगेको छ। 

चुक्तापुँजी १ अर्ब ८६ करोड रुपैयाँ रहेको कम्पनीको अन्य इक्विटीमा ६ करोड ३१ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष अन्य इक्विटीमा १५ करोड ३३ लाख रुपैयाँ थियो। 

कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ३.१३ रुपैयाँ, मूल्य आम्दानी अनुपात (पीई रेसियो) ८१.५२ गुणा र प्रतिसेयर नेटवर्थ १०३.३८ रुपैयाँ रहेको छ।