 
                     
                                
                             
                                    काठमाण्डौ । खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।
समीक्षा अवधिमा कम्पनीले २ करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन सफल भएको छ। गत वर्ष यही अवधिमा कम्पनीले ३ करोड ९७ लाख रुपैयाँ घाटा व्यहोरेको थियो।
यो अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी ८५.१० प्रतिशतले बढेको छ। गत वर्ष विद्युत बिक्रीबाट ५ करोड ७१ लाख रुपैयाँ आम्दानी गरेकोमा समीक्षा अवधिमा बढेर १० करोड ५७ लाख रुपैयाँ पुगेको छ। यो अवधिमा कम्पनी अन्य स्रोतबाट ९० हजार रुपैयाँ आम्दानी गरेको छ।
चुक्तापुँजी ४६ करोड ५७ लाख रुपैयाँ रहेको कम्पनीको रिटेन्ड अर्निङ २ करोड ९९ लाख रुपैयाँले ऋणात्मक रहेको छ। गत वर्ष यही अवधिमा रिटेन्ड अर्निङ ६० करोड २६ लाख रुपैयाँले ऋणात्मक रहेको थियो।
समीक्षा अवधिमा कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ५.५७ रुपैयाँ रहेको छ। गत वर्ष यही अवधिमा ईपीएस ८.५३ रुपैयाँ ऋणात्मक रहेको थियो। पीई रेसियो ५६.२८ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ९३.५७ रुपैयाँ रहेको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19