 
                     
                                
                             
                                    काठमाण्डौ । गरिमा विकास बैंकको आज सम्पन्न १६ औँ वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २०७८–७९को लाभांश अनुमोदन भएको छ।
पोखरामा सम्पन्न सभामा बैंककका अध्यक्ष श्यामप्रसाद बस्यालबाट प्रस्तुत गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित पनि भएको छ। सभामा सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम हाल कायम चुक्तापुँजी रु. ४ अर्ब ५९ करोड ८ लाख ७३ हजार ५०१.८९ रुपैयाँको १३ प्रतिशतले हुन आउने ५९ करोड ६८ लाख १३ हजार ५५५.२५ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ १.५० प्रतिशतले हुन आउने ६ करोड ८८ लाख ६३ हजार १०२.५३ रुपैयाँबराबरको नगद लाभांश अनुमोदन गरेको छ।
बोनस सेयर जारीपछि बैंकको चुक्तापुँजी ५ अर्ब १८ करोड ७६ लाख ८७ हजार ५७.१४ रुपैयाँ पुग्नेछ।
त्यस्तै गत आर्थिक वर्षमा उत्कृष्ट कार्यसम्पादन गर्ने शाखाहरुलाई सम्मान गरिएको छ। बैंकको आन्तरिक मूल्यांकनअनुसार प्रथम पुतलीबजार शाखा, दोस्रो इमाडोल शाखा, तेस्रो बयरघारी शाखा र चौथोमा हेम्जा शाखा भएका छन्।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19