काठमाण्डौ । गरिमा विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ८२ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ।
आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकको नाफा अघिल्लो वर्षको यही अवधिसम्म तुलनामा ४२.९७ प्रतिशतले बढी हो। अघिल्लो वर्ष बैंकले ५७ करोड ७२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
यो अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ६० करोड ५७ रुपैयाँ बढी रहेको छ।
बैंकको सञ्चालन मुनाफा पनि ४३.८४ प्रतिशतले बढेर १ अर्ब १६ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा ८१ करोड २७ लख रुपैयाँ रहेको थियो।
समीक्षा अवधिसम्म बैंकले १ अर्ब ९३ करोड खुद ब्याज आम्दानी गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा १९.३७ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यस्तो आम्दानी १ अर्ब ६२ करोड रुपैयाँ रहेको थियो।
यस अवधिसम्म बैंकले ६३ अर्ब ९० करोड रुपैयाँ निक्षेप संकलन गरी ५१ अर्ब ८० करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष बैंकले ४२ अर्ब ४३ करोड रुपैयाँ निक्षेप संकलन गरी ३४ अर्ब ८६ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।
बैंकको रिजर्भको आकार ४६.०३ प्रतिशतले बढेर १ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षसम्म रिजर्भमा १ अर्ब १० करोड रुपैयाँ रहेको थियो।
चुक्तापुँजी ३ अर्ब ६७ करोड रुपैयाँ रहेको बैंकको खराब कर्जा दर घटेर ०.७२ प्रतिशतमा झरेको छ। अघिल्लो वर्ष खराब कर्जाको ०.७९ प्रतिशत थियो। बैंकको आधार दर ८.१७ प्रतिशत रहेको छ।
बैंकको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) २२.४५ रुपैयाँ रहेको छ। पीई रेसियो २४.२३ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १४४.०१ रुपैयाँ रहेको छ।
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago