काठमाण्डौ । गुगल निरन्तर डिफल्ट एन्ड्रोइड मेसेजिङ एप अर्थात गुगुज मेसेजेजमा सुधार गर्न व्यस्त छ। कम्पनीले यो एपमा लगातार धेरै नयाँ फिचर थपिरहेको छ। 

केही फिचर त यस्ता छन् कि ह्वाट्सएपमा आएको छैन। गुगलले भर्खरै यो एप अपडेट गरेको छ। त्यसपछि प्रयोगकर्ताले मेसेजिङ एपको नयाँ आइकन देख्न सक्नेछन्। 

गुगलले यो एपको नयाँ फिचरको परीक्षण गरिरहेको छ, त्यसपछि प्रयोगकर्ताले इमोजीमार्फत मेसेजमा प्रतिक्रिया दिन सक्नेछन्। 

यस किसिमको फिचर प्रयोगकर्तालदे कतै देखेको वा प्रयोग गरेको हुनुपर्छ। हो, भर्खरै ह्वाट्सएपमा यो फिचर थपिएको छ, जसमा प्रयोगकर्ताले कसैको मेसेजमा इमोजी रिएक्सन पठाउन सक्छन्। 

यद्यपि यो सुविधा हाल बिटा फेजमा छ र यसलाई छिट्टै स्टेबल भर्जनमा पनि रिजिल गरिन सक्छ। 

पघिल्लो रिपोर्टका अनुसार गुगलको यो फिचरमा (बिटा भर्सनमा) प्रयोगकर्ताले ७ वटा मात्र इमोजीको अप्सन पाइरहेका थिए । कुनै पनि मेसेजमा रिएक्सन पठाउन प्रयोगकर्ताले यो मेसेजलाई लङ प्रेस गर्नुपर्ने (लामो समयसम्म थिच्नुपर्ने) हुन्छ। 

त्यसपछि प्रयोगकर्ताका अगाडि धेरै इमोजी अप्सनहरु देखा पर्नेछ। जसबाट प्रयोगकर्ताले आफ्नो मनपर्ने अप्सन रोज्न सक्छन्। 

यसको साथमा प्रयोगकर्ताले ‘प्लस’ चिह्न पनि देख्नेछन्। जसको मद्दतले यसमा नयाँ इमोजी थप्न सकिन्छ। यो फिचर ह्वाट्सएपको मेसेज रिएक्सन फिचरजस्तै छ र त्यसैगरी काम गर्दछ। –एजेन्सी