काठमाण्डौ । लोकप्रिय एप टिकटकको मालिक बाइटडान्सले सर्च इन्जिन सुरु गरेको छ। बाइटडान्सले यो सर्च इन्जिनमा कुनै पनि विज्ञापन नदेखिने प्रतिबद्धता पनि गरेको छ। बाइटडान्सको यो एप हाल त्यो साइबरस्पेसमा लन्च गरिएको छ। जहाँ गुगल वर्षौंदेखि उपस्थित थिएन।

बेइजिङ इन्फिनिट डाइमेन्सन टेक्नोलोजीले कुनै पनि जानकारी बिना वुकोङ सर्च इन्जिन सुरु गरेको छ। कम्पनीले गोप्य रुपमा वुकोङ सर्च इन्जिन एप लन्च गरेको हो।

यो महिना नै टेनसेन्टले आफ्नो सर्च एप सोगाउ बन्द गरेको थियोर जुन कम्पनीले गत वर्ष किनेको थियो। वुकोङ सर्च इन्जिन एप हाल एप्पल एप स्टोर र चीनका विभिन्न चिनियाँ एप स्टोरबाट डाउनलोड गर्न सकिन्छ।

यो एपको सुरुआतसँगै बाइटडान्सले चिनियाँ बजारमा प्रभुत्व जमाउने बाइडुसँग सीधै प्रतिस्पर्धा गर्नेछ। कम्पनीले नयाँ एपलाई ‘विज्ञापनरहित र गुणस्तरीय सूचना’ उत्पादनका रुपमा प्रचार गरिरहेको छ। जहाँ बाइडु लामो समयदेखि सर्च रिजल्टमा सशुल्क लिस्टिङलाई लिएर विवादमा रहेको छ।

यही बेला बाइटडान्सले नन–पेड खर्च इन्जिन दाबी गरेको छ। यो सर्च इन्जिन प्लेटफर्मले गुगलसँग सीधा प्रतिस्पर्धा गर्ने छैन। किनकि यो सर्च इन्जिन जुन बजारमा लन्च गरिएको छ, त्यो गुगलको उपस्थित छैन।

टिकटकको सुरुआत पनि त्यस्तै थियो। विस्तारै यो छोटो भिडियो एपले क्रान्ति ल्यायो। टिकटकको लोकप्रियता बढेसँगै कम्पनीले आफ्नो प्लेटफर्ममा अन्य थुप्रै सुविधाहरू थप्दै गएको छ। 

छोटा भिडियोहरु अहिले युट्युबदेखि इन्स्टाग्राम र फेसबुक सबैमा उपलब्ध छन्। यदि कम्पनीले आफ्नो सर्च इन्जिन एपलाई त्यसरी नै लोकप्रिय बनायो भने गुगलका लागि यो पक्कै पनि चुनौती बन्न सक्छ। सर्च इन्जिन बजारमा गुगलको एकतर्फी नियम छ।

माइक्रोसफ्ट बिंग र अन्य कम्पनीका उत्पादन छन् तर लोकप्रियताले गुगलसँग प्रतिस्पर्धा गर्न सक्दैन। गुगलको चिनियाँ बजारमा उपस्थिति छैन। तर, बाइडुको एकछत्र राज छ। अब बाइटडान्सले वुकोङमार्फत बाइडुलाई चुनौती दिएको छ। –एजेन्सी