काठमाण्डौ । भारतमा गुगलमाथि भारी जरिवाना गरिएको छ।

भारतमा स्वस्थ व्यापार प्रतिस्पर्धा वा स्वस्थ प्रतिस्पर्धा सुनिश्चित गर्न गठित संस्था भारतीय प्रतिस्पर्धा आयोग (सीसीआई)ले गगुलमाथि भारु २२ अर्ब ७४ करोड जरिवाना लगाएको हो। यो जरिवाना एकै हप्तामा दुईपटक लगाइएको थियो। 

गत अक्टोबर २० मा सीसीआईले गुगललाई भारु १३ अर्ब ३७ करोड ७६ लाख जरिवाना लगाएको थियो। सीसीआईले यो जरिवाना एन्ड्रोइड मोबाइल उपकरण व्यवसायमा गुगलले आफ्नो प्रभुत्वको दुरुपयोग गरेको ठहर गर्दै लगाएको थियो। 

त्यसपछि गत अक्टोबर २५ मा सीसीआईले फेरि गुगललाई भारु ९ अर्ब ३६ करोड ४४ लाख जरिवाना लगायो। यसपटक कारण थियो गुगल प्ले स्टोरमा भुक्तानी लिने सम्बन्धमा गुगलको नीति।

सीसीआईले २०१९ र २०२० मा यी दुई मुद्दाको छुट्टाछुट्टै अनुसन्धान गरिरहेको थियो। –एजेन्सी