काठमाण्डौ । सरकारले गैरआवासीय नेपालीलाई पनि पूँजीबजारमा लगानी खुल्ला गरिने घोषणा गरेको छ । 

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेल यस्तो घोषणा गरेका हुन् । 

सरकारले नीति तथा कार्यक्रममा आर्थिक समृद्धि र अर्थतन्त्र सुधारलाई विशेष प्राथमिकता दिएको देखिएको छ । 

सरकारले पूँजीबजारको विकास र बिस्तारका लागि संरचनागत सुधार गर्ने भनिएको छ । यस्तै, गैरआवासीय नेपालीलाई लगानी खुल्ला गरिने उद्घोष गर्दै नीति तथा कार्यक्रममा भनिएको छः वैदेशिक रोजगारीमा जानेलाई सरकारी ऋणपत्र र निजी क्षेत्रबाट निश्कासन गरिने साधारण सेयर(आइपीओ)मा लगानी गर्न प्रेरित गरिनेछ । गैरआवासीय नेपालीको ज्ञान, पूँजी, पहुँचलाई मुलुकको विकाससँग जोडिनेछ । 

यस्तै, सरकारले लघुविमालाई प्राथमिकता दिइने पनि उल्लेख गरेको छ ।