काठमाण्डौ । सरकारले ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको पुनरसंरचना गर्ने भएको छ । 

अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणमार्फत यस्तो घोषणा गरेका हुन्। 

उनले ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको सेयर संरचना परिवर्तन गरिने बताएका हुन् । 

यस्तै, ग्रामीण विकास लघुवित्त वित्तीय संस्थामा गाउँपालिका र नगरपालिकाले क्रमशः ५० लाख र १ करोड रुपैयाँसम्म सेयर लगानी गर्न पाउने घोषणा समेत भएको छ । 

यो वित्तीय संस्थाबाटै सहुलियतपूर्ण कर्जा समेत उपलब्ध गराउने गरी सञ्चालन मोडालिटी तयार गरिने उनले घोषणा गरे ।