काठमाण्डौ । ग्रिन डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०७६÷७७ को चौथो त्रैमाससम्म खराब कर्जाको अनुपात (एनपीए) उल्लेख्य रुपमा घटाउन सफल भएको छ।

चौथो त्रैमास वित्तीण विवरणअनुसार समीक्षा अवधिमा बैंकले १.९६ प्रतिशतले एनपीए घटाउन सफल भएको हो। यो त्रैमासमा बैंकको एनपीए घटेर १.८५ प्रतिशतमा सीमित भएको छ। जब कि अघिल्लो वर्षको यही अवधिमा यो अनुपात ३.८१ प्रतिशत रहेको थियो। 

यसैगरी समीक्षा अवधिमा बैंकको आधार दर पनि ०.९३ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष १३.४८ प्रतिशत रहेको आधार दर समीक्षा अवधिमा घटेर १२.५५ प्रतिशतमा सीमित भएको छ।

अघिल्लो वर्ष ८.७२ प्रतिशत रहेको बैंकको कस्ट अफ फन्ड समीक्षा अवधिमा घटेर ७.९७ मा झरेको छ भने सीडी रेसियो ७०.०९ प्रतिशतबाट घटेर ६६.९५ प्रतिशतमा सीमित बनेको छ। 

समीक्षा अवधिमा बैंकले २ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्ष यही अवधिसम्म तुलनामा ८१.९९ प्रतिशतले बढी हो। अघिल्लो वर्षको खुद नाफा १ करोड १७ लाख रुपैयाँमा सीमित थियो। 

समीक्षा अवधिसम्म बैंकको ३ करोड ४ लाख रुपैयाँ सञ्चालन मुनाफा रहेको छ। जुन अघिल्लो वर्ष १ करोड ६७ लाख रुपैयाँ रहेको थियो।

बैंकले चौथो त्रैमाससम्म खुद ब्याज आम्दानीबापत ६ करोड १६ लाख रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ७ करोड ४२ लाख रुपैयाँ थियो।

बैंकले यो त्रैमासमा १ अर्ब ३० करोड निक्षेप संकलन गरी १ अर्ब १४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकले १ अर्ब ७९ लाख रुपैयाँ निक्षेप संकलन गरी ९७ करोड ३६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो। 

समीक्षा अवधिमा बैंकको रिजर्भको आकार ८१.५१ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष १ करोड ५२ लाख रुपैयाँ रहेको रिजर्भको आकार बढेर २ करोड ७६ लाख रुपैयाँको उचाइमा पुगेको छ। 

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) २६.८६ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात (पीई रेसियो) २४.५७ गुणा रहेको छ। प्रतिसेयर नेटवर्थ १६४.१५ रुपैयाँ रहेको छ।