काठमाण्डौ । ग्रीन भेन्चर्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
समीक्षा अवधिसम्म कम्पनीले ३० करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष कम्पनीलाई यही अवधिसम्म ७ करोड ४८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो हिसाबले कम्पनीले नाफा ३०६.३१ प्रतिशतले बढाउन सफल भएको छ।
यही अवधिसम्म कम्पनीले विद्युत बिक्रीबाट ९२ करोड ६९ लाख रुपैयाँ आम्दानी गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा २१६.७२ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्मसम्म कम्पनीले विद्युत बिक्रीबाट २९ करोड २६ लाख रुपैयाँ आम्दानी गरेको थियो।
चुक्तापुँजी ३ अर्ब १२ करोड रुपैयाँ रहेको कम्पनीको रिटेन्ड अर्निङ २१ करोड ६ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष रिटेन्ड अर्निङ १२ करोड ८५ लाख रुपैयाँले ऋणात्मक थियो।
कम्पनीको वार्षिकीकरण ईपीएस २.९९ रुपैयाँबाट बढेर ९.७४ रुपैयाँ पुगेको छ। पीई रेसियो ३८.८३ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १०६.७४ रुपैयाँ रहेको छ।
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago