काठमाण्डौ । ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०७९–८०का लागि लाभांश प्रस्ताव गरेको छ। 

बैंक सञ्चालक समितिको आज बिहान बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफासमेतबाट सेयरधनीहरुलाई चुक्तापुँजीको कुल ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। 

प्रस्तावित लाभांशमा १ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश छन्। 

प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृतिपछि आगामी सत्रौँ वार्षिक साधारणसभाबाट पारित गरी वितरण गरिने बैंकले जनाएको छ।