काठमाण्डौ । ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा सुमन पोखरेल नियुक्त भएका छन्।
गत आइतबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पोखरेललाई नायव सीईओमा नियुक्त गरेको हो । उनीसँग दुई दशकभन्दा लामो बैंक तथा वित्तीय क्षेत्रमा काम गरेको अनुभव छ ।
वित्तीय संस्थाहरुको दीर्घकालिन व्यावसायिक योजना, रणनीति तर्जुमा तथा कार्यान्वयनमा कुशल तथा नेतृत्वदायी भूमिका निर्वाह गरेका पोखरेलले यसअघि आइएमई ग्रूपको बरिष्ठ उपाध्यक्षको भुमिकामा रहेर काम गरिसकेका छन् ।
उनले नेपालको पहिलो रेमिट्यान्स कम्पनी आइएमई लिमिटेडको सीईओमा रहेर पनि काम गरिसकेका छन् ।नवनियुक्त सीईओ पोखरेलले नेपालको सबैभन्दा ठूलो बैंकमा पूनः आबद्ध भई काम गर्ने अवसर प्राप्त गरेकोमा खुसी ब्यक्त गर्दै बैंकलाई थप सबल र सुदृढ बनाउन आफ्नो भुमिका रहने बताएका छन् ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19