काठमाण्डौ । आज अमेरिकी डलरको विनिमय दर घटेको छ । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राहरुका लागि आज(पुस २५ गते) कायम गरेको विनिमय दरअनुसार डलरको मूल्य ०.०४ पैसाले घटेको हो।

यससँगै आज एक अमेरिकी डलरको खरिददर १३२.६९ र बिक्रीदर १३३.२९ रुपैयाँ कायम भएको  छ । 

त्यस्तै आजका लागि केन्द्रिय बैंकले निर्धारण गरेका विनिमय दरअनुसार एक बेलायती पाउण्डको खरिद दर १६८.७४ रुपैयाँ र बिक्री दर १६९.५० रुपैयाँ रहेको छ । एक अष्ट्रेलियन डलरको खरिद दर ८८.८१ र बिक्री दर ८९.२१ रहेको छ । त्यस्तै १० जापानीज येनको खरिद दर ९.२१ र बिक्री दर ९.२५ रुपैयाँ निर्धारण गरिएको छ । 

त्यस्तै एक कतारी रियालको खरिद दर ३६.४० रुपैयाँ र बिक्री दर ३६.५६ रुपैयाँ रहेको छ ।