काठमाण्डौ । धितोपत्र बोर्डले घलेम्दी जलविद्युत आयोजनालाई आयोजना प्रभावितका लागि निश्कासन गरेर बिक्री नभएकोसहित सर्वसाधारणका लागि १५ करोड ५५ लाख रुपैयाँ बराबरको आइपीओ निश्कासनको स्वीकृति दिएको छ ।
यो आयोजनाले १०० रुपैयाँ अंकित दरका १५ लाख ५५ हजार ७ सय ७० कित्ता आइपीओ निश्कासनको माग गर्दै भदौ ५ गते धितोपत्र बोर्डमा आवेदन दिएको थियो । बोर्डले मंसिर १६ गते कम्पनीलाई आइपीओ निश्कासनको अनुमति दिएको हो ।
यो कम्पनीले पहिलो चरणमा गत असार २२ गतेदेखि साउन २२ गतेसम्म आयोजना प्रभावित क्षेत्र म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका स्थानीयको लागि ५ लाख कित्ता आईपिओ जारी गरेको थियो । तर, स्थानीयले ९४ हजार २३० कित्ता मात्र खरीद गरेका थिए । बाँकी रहेको ४ लाख ५५ हजार ७ सय ७० कित्ता समेत सर्वसाधारणका लागि नै जारी हुनेछ ।
दोश्रो चरणमा सर्वसाधारणका लागि छुट्याइएको ११ लाख कित्तामा ४ लाख ५५ हजार ७ सय ७० कित्ता समेत जोडेर आइपीओ निश्कासन हुने बताइएको छ ।
आइपीओको नश्किासन तथा बिक्री प्रबन्धकको काम भिबोर क्यापिटल लिमीटेडले गर्नेछ।
कम्पनीको आईपिओलाई इक्रा नेपालले ग्रेड फोर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको अवस्था औसतभन्दा कमजोर छ भन्ने जनाउँछ ।
कुल ९४ करोड रुपैयाँ लागत अनुमान गरिएको ५ मेगावाटको घलेम्दी जलविद्युत आयोजना म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निमार्ण भइरहेको छ । कम्पनीले आगामी असोजदेखि बिजुली उत्पादन गर्ने लक्ष्य लिएको छ ।
यो आयोजनाको प्रति मेगावाट लागत १८ करोड ८० लाख रुपैयाँ रहेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago