काठमाण्डौ । घलेम्दी हाइड्रो लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
कम्पनीले समीक्षा अवधिमा २० लाख ७ हजार रुपैयाँ बढी नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले ९६ लाख ७२ हजार रुपैयाँ घाटा व्यहोरेको थियो।
यो अवधिमा कम्पनीले विद्युत बिक्रीबाट १ करोड ६४ लाख रुपैयाँ आम्दानी गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा १२.६६ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा कम्पनीले १ करोड ८८ लाख रुपैयाँ विद्युत बिक्रीबाट आम्दानी गरेको थियो।
चुक्तापुँजी ५५ करोड रुपैयाँ रहेको कम्पनीको रिजर्भमा १५ लाख ४४ हजार रुपैयाँ रहेको छ। गत वर्ष यही अवधिमा रिजर्भ ३४ लाख २७ हजार रुपैयाँले ऋणात्मक रहेको थियो।
कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ०.३७ रुपैयाँ रहेको छ। पीई रेसियो ९८८.९१ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १००.२८ रुपैयाँ रहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago