काठमाण्डौ । घलेम्दी हाइड्रो लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ।
समीक्षा अवधिसम्म कम्पनीले ३ करोड ६० लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म पनि कम्पनीले २ करोड ४६ लाख रुपैयाँ खुद घाटा व्यहोरेको थियो।
चौथो त्रैमाससम्म कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी पनि घटेर २ करोड ६२ लाख रुपैयाँमा झरेको छ। अघिल्लो वर्ष विद्युत बिक्रीबाट कम्पनीले २ करोड ६४ लाख रुपैयाँ आम्दानी गरेको थियो। अन्य स्रोतबाट आम्दानी पनि ६ करोड ५४ लाख रुपैयाँबाट घटेर ६५१ रुपैयाँमा झरेको छ।
चुक्तापुँजी ५५ करोड रहेको कम्पनीको रिजर्भ ४ करोड ४० लाख रुपैयाँले ऋणात्मक छ। अघिल्लो वर्ष रिजर्भमा २ करोड १२ लाख रुपैयाँ थियो।
कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ६.५५ रुपैयाँले ऋणात्मक रहेको छ। प्रतिसेयर नेटवर्थ ९२ रुपैयाँ रहेको कम्पनीको पीई रेसियो ३१.७६ गुणाले ऋणात्मक छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago