काठमाण्डौ । घलेम्दी हाइड्रो लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। 

समीक्षा अवधिमा कम्पनीले ३ करोड २७ लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले १ करोड १५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। 

यो अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी पनि ८.४७ प्रतिशतले घटेको छ। गत वर्ष यही अवधिमा विद्युत बिक्रीबाट १ करोड ८० लाख रुपैयाँ आम्दानी गरेकोमा समीक्षा अवधिमा घटेर १ करोड ६५ लाख रुपैयाँमा झरेको छ। 

चुक्तापुँजी ५५ करोड रुपैयाँ रहेको कम्पनीको रिजर्भ ७ करोड ६६ लाख रुपैयाँले ऋणात्मक रहेको छ। गत वर्ष पनि यही अवधिमा रिजर्भ ६ करोड ७४ लाख रुपैयाँले ऋणात्मक थियो। 

वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) पनि ५.९५ रुपैयाँले ऋणात्मक रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ८६.०६ रुपैयाँ रहेको छ।