काठमाण्डौ । ङादी ग्रुप पावरको आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमासमा नाफा घटेको छ।
आज सार्वजनिक चौथो त्रैमासको वित्तीय विवरणअनुसार ङादी ग्रुप पावरको नाफा अघिल्लो वर्षको तुलनामा २१.५९ प्रतिशतले घटेको हो। अघिल्लो वर्ष कम्पनीले ८ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेकोमा समीक्षा अवधिमा घटेर ६ करोड ७४ लाख रुपैयाँमात्रै भएको छ।
समीक्षा अवधिमा कम्पनीको सञ्चालन मुनाफा पनि २८.४३ प्रतिशतले घटेर १३ करोड ७९ लाख रुपैयाँमा सीमित बनेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीको सञ्चालन मुनाफा १९ करोड २७ लाख रुपैयाँ रहेको थियो।
चौथो त्रैमासमा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी ३.२ प्रतिशतले घटेर १२ करोड ३५ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष कम्पनीले विद्युत बिक्रीबाट १२ करोड ७५ लाख रुपैयाँ आम्दानी गरेको थियो।
चुक्तापुँजी १ अर्ब ८५ करोड रुपैयाँ रहेको कम्पनीको अन्य इक्विटीमा ८ करोड ८७ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा ६ करोड ७३ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष अन्य इक्विटीमा १८ करोड ६० लाख रुपैयाँ र रिटेन्ड अर्निङमा ९ करोड ३ लाख रुपैयाँ थियो।
कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)३.६५ रुपैयाँ, पीई रेसियो ६४.१७ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १०८.४३ रुपैयाँ रहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19