काठमाण्डौ । गत आर्थिक वर्षको चौथो त्रैमासमा ङादी ग्रुप पावर लिमिटेडले १२ करोड २७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

समीक्षा अवधिको यो नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा ११०.२६ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ५ करोड ८३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। 

समीक्षा अवधिमा कम्पनीले ८ करोड ८३ लाख रुपैयाँबराबरको विद्युत बिक्री गरेको छ। अघिल्लो वर्ष १३ करोड ६५ लाख रुपैयाँबराबरको विद्युत बिक्री गरेको थियो। कम्पनीले १३ करोड ८ लाख रुपैयाँ गैरसञ्चालन मुनाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्ष यस्तो मुनाफा १२ लाख ७४ हजार रुपैयाँमा सीमित थियो। 

कम्पनीको रिजर्भको आकार ९५.६१ प्रतिशतले बढेर १३ करोड ६३ लाख रुपैयाँको भएको छ। अघिल्लो वर्ष रिजर्भमा ६ करोड ९६ लाख रुपैयाँ रहेको थियो।

चुक्तापुँजी ५८ करोड ९१ लाख रुपैयाँ रहेको कम्पनीको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) २४.९३ रुपैयाँ रहेको छ। पीई रेसिया २२.८६ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १२३.१४ रुपैयाँ रहेको छ।