काठमाण्डौ । ङादी ग्रुप पावर लिमिटेडले हकप्रद बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।

यस सम्बन्धमा ङादी ग्रुप पावर र सिद्धार्थ क्यापिटलबीच सम्झौता भएको हो। सम्झौतासँगै अब सिद्धार्थ क्यापिटलले ङादी ग्रुप पावरको २०० प्रतिशत हकप्रद निष्कासन गर्नेछ।

ङादी ग्रुप पावरको गत असोज ३ गतेको आठौँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को कुल २१.५ प्रतिशत लाभांश अनुमोदन गरिसकेको छ। जसमा २० प्रतिशत बोनस र बाँकी १.५ प्रतिशत नगद लाभांश छन्।

सोही वार्षिक साधारणसभाले २० प्रतिशत बोनस सेयर जारीपछि कायम हुने चुक्तापुँजीको १ः२ (१ बराबर २) अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने विशेष प्रस्ताव पनि पारित गरेको थियो।

कम्पनीले लमजुङ जिल्लास्थित सिउरी खोलामा ५ मेगावाट क्षमताको सिउरीखोला जलविद्युत आयोजना निर्माण पूरा गरी व्यावसायिक उत्पादन पनि गरिरहेको छ।