काठमाण्डौ । ङादी ग्रुप पावर लिमिटेडले २ वटा जलविद्युत आयोजनाको सेयर किन्ने भएको छ।
कम्पनी सञ्चालक समितिको मंगलबार बिहान बसेको बैठकले सुपरमाई ए जलविद्युत आयोजना र माइखोला क्यास्केड आयोजनाको सेयर किन्ने निर्णय गरेको हो। ङादी ग्रुपले सुपरमाई ए जलविद्युतको ७६.५८ प्रतिशत सेयर किन्ने निर्णय गरेको छ। यो ९.६ मेगावाट क्षमताको आयोजना हो। यो आयोजना सगरमाथा जलविद्युत कम्पनीले सञ्चालन गरिरहेको छ।
यसैगरी ङादी ग्रुपले माइखोला क्यास्केड आयोजनाको सतप्रशित सेयर खरिद गर्ने निर्णय गरेको छ। यो ३ मेगावाट क्षमताको आयोजना हो। यस आयोजनाको सञ्चालकका रुपमा माइखोला हाइड्रोपावर लिमिटेड रहेको छ।
यी दुवै आयोजनाबाट हाल विद्युत उत्पादन भइरहेको पनि ङादी ग्रुपले जनाएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19