काठमाण्डौ । चिरख्वा हाइड्रोपावर लिमिटेडको आईपीओमा पहिलो दिन १ लाख ९८ हजार ८१२ जनाले आवेदन दिएका छन् ।
सीडीएससीले मंगलबार साँझ ५ बजे दिएको जानकारी अनुुसार कम्पनीको आईपीओमा पहिलो दिन ती आवेदकले २२ लाख ४ हजार ९० कित्ताका लागि आवेदन दिएका हुन् ।जसअनुसार कम्पनीको आईपीओमा २२ करोड ४ लाख ९ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।
यो मागभन्दा २.५६ गुणा बढी आवेदन हो ।कम्पनीले मंगलबारदेखि १०० रुपैयाँ अंकित दरका कुल ८ लाख ५९ हजार ३०० कित्ता सेयर सर्वसाधारणलाई बिक्री खुला गरेको हो। यसमा आयोजना प्रभावित स्थानीयका लागि जारी गरिएको सेयरमा बिक्री नभएको १ लाख ९५ हजार ३०० कित्ता पनि थप गरिएको छ।
कम्पनीले कर्मचारीलाई २ प्रतिशतले हुन आउने १६ हजार कित्ता र सामूहिक लगानी कोषलाई ५ प्रतिशतले हुन आउने ४० हजार कित्ता सेयर बाँडफाँट गरिसकेको छ।
लगानीकर्ताले यो आईपीओमा यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्। नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमतिप्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सकिनेछ।
कम्पनीको आईपीओ निष्कासन बन्द छिटोमा असोज २६ गते र ढिलोमा कात्तिक ३ गते बैंकिङ समयपछि हुनेछ।
यो आईपीओको बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ रहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago