काठमाण्डौ । चिरख्वा हाइड्रोपावर लिमिटेडले  सर्वसाधारणमा निष्कासन गरेको आईपीओमा मागभन्दा ११.१३ गुणा बढी आवेदन परेको छ ।

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार बिहीबार साँझसम्ममा ८ लाख ७३ हजार १८० जना आवेदकले ९५लाख ६८ हजार ४३० कित्ताका लागि आवेदन दिएका छन् । 

कम्पनीले असोज २३ गते देखि ८ लाख ५९ हजार ३०० कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गरेको हो । कम्पनीको आईपीओमा आवेदन दिने अन्तिम दिन असोज २६ गते  बैंकिङ्ग समयसम्ममा आवेदन दिन सकिनेछ । सर्वसाधारणले यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म माग गर्न सक्नेछन् । 

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड छ । बिक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयर अनलाइनमार्फत आवेदन दिन सकिनेछ ।