काठमाण्डौ । चिरख्वा हाइड्रोपावर लिमिटेडले  सर्वसाधारणमा निष्कासन गरेको आईपीओमा अन्तिमदिनसम्ममा मागभन्दा १५.३६ गुणा बढी आवेदन परेको छ ।

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार शुक्रबार साँझ ५ बजेसम्ममा कम्पनीले जारी गरेको आईपीओमा १२ लाख १२ हजारभन्दा बढीले आवेदन दिएका हुन् ।

ती आवेदकले १ करोड ३१ लाख ९९ हजार २४० कित्ता शेयरको लागि आवेदन दिएका छन् । जसअनुसार ११ लाख २६ हजार ७१५ जना आवेदकको हात खाली हुने छ । 

कम्पनीले असोज २३ गतेदेखि ८ लाख ५९ हजार ३०० कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गरेको थियो। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड छ ।