काठमाण्डौ । चिलिमे हाइड्रोपावर कम्पनी लिमीटेडले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्ममा खूद नाफामा सामान्य प्रगति गरेको छ । अघिल्लो वर्षको यही अवधिमा ९३ करोड ७१ लाख रहेको खूद नाफा बढेर यो वर्ष ९३ करोड ८७ लाखको उचाईमा पुगेको हो । 

समीक्षा अवधिमा यो कम्पनीले बिजुली बेचेर १ अर्ब १३ करोड कमाएको छ । गत वर्ष यही अवधिमा १ अर्ब १९ करोड कमाएको थियो । यसरी बिजुली बेचेर हुने आम्दानी भने घटेको देखिएको छ । 

हाल यो कम्पनीको चुक्तापूँजी ३ अर्ब ९६ करोड रहेको छ भने जगेडाकोषमा ४ अर्ब ९८ करोड रुपैयाँ रहेको छ । 

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी २३.६८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २२५.६७ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३३.३७ गुणा कायम भएको छ ।