काठमाण्डौ । चिलिमे जलविद्युत कम्पनी लिमीटेडले आगामी कात्तिक २४ गते शुक्रबारका दिन २१ औं वार्षिक साधारणसभा आह्वान गरेको छ । 

कम्पनीको असोज २१ गते बसेको बोर्ड बैठकले काठमाण्डौको भुकृटीमण्डपस्थित नेपाल पुलिस क्लबमा साधारणसभा आह्वान गरेको हो । 

साधारणसभामा आर्थिक वर्ष २०७३/७४ को नाफाबाट सेयरधनीहरुलाई १० प्रतिशतले हुन आउने ३४ करोड ४७ लाख ९२ हजार ४ सय ४८ रुपैयाँ नगद लाभांश वितरणको प्रस्ताव पारित हुनेछ । यस्तै, ५१ करोड ७१ लख ८८ हजार ६ सय ७२ रुपैयाँ बराबरले हुन आउने १५ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव समेत पारित हुनेछ । 

कम्पनीले असोज २७ गतेदेखि कात्तिक २४ गतेसम्म बुक क्लोज रहनेछ । यसको अर्थ असोज २६ गतेसम्म यो बैंकको सेयर खरीद गरेका वा आफ्नो नाममा नामसारी गरेकाहरुले घोषित लाभांश पाउनेछन् ।