काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा चिलिमे जलविद्युत कम्पनी लिमिटेडले २० करोड ९८ लाख रुपैयाँ खुद नाफा गरेको छ।

आज सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको नाफा गत वर्षको यही अवधिको तुलनामा ६ प्रतिशतले घटेको हो। गत वर्ष यही अवधिमा कम्पनीले २२ करोड ३२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। 

यो अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी ३.३७ प्रतिशतले घटेर ३५ करोड १६ लाख रुपैयाँमात्र भएको छ। गत वर्ष यही अवधिमा कम्पनीले ३६ करोड ३९ लाख रुपैयाँ विद्युत बिक्रीबापत आम्दानी गरेको थियो। चुक्तापुँजी ६ अर्ब २८ करोड रुपैयाँ रहेको कम्पनीको रिटेन्ड अर्निङमा ४ अर्ब ३ करोड रुपैयाँ रहेको छ। गत वर्ष रिटेन्ड अर्निङमा ४ अर्ब ५२ करोड रुपैयाँ थियो। 

कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १२.१५ रुपैयाँ रहेको छ। गत वर्ष ईपीएस १५.४९ रुपैयाँ रहेको थियो। पीई रेसियो ४९.१० गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १६३.९२ रुपैयाँ रहेको छ।