काठमाण्डौ । जापानले कोभिडको फैलावट रोक्न चीनबाट आउने यात्रुमाथि प्रतिबन्ध थप कडा बनाउने निर्णय गरेको छ।
जापानका प्रधानमन्त्री फुमियो किशिदाले देशमा कोभिड–१९ को बढ्दो केसलाई ध्यानमा राख्दै यस्तो निर्णय गरेको बताएका छन्। अबदेखि चीनबाट जापान पुग्नेबित्तिकै यात्रुको कोभिड परीक्षण गरिनेछ। रिपोर्ट पोजेटिभ आउने यात्रुलाई ७ दिन क्वारेन्टाइनमा बस्नुपर्नेछ।
नयाँ प्रतिबन्धहरु डिसेम्बर ३० (शुक्रबार) देखि लागू हुनेछन्। चीन र जापानमा कोभिड–१९ संक्रमितको संख्या लगातार बढिरहेको छ।
अर्कोतर्फ चिनियाँ सञ्चारमाध्यममा आएको रिपोर्टअनुसार फाइजरले बनाएको कोभिड–१९ को रोकथामका लागि ट्याब्लेट राजधानी बेइजिङका सबै अस्पतालमा उपलब्ध गराइनेछ।
चिनियाँ अधिकारीहरुले अन्य देशबाट आउने औषधिबाट संक्रमण रोक्न सकिने र यसले आईसीयूमा पर्ने दबाब कम हुने बताएका छन्। चिनियाँ पसलहरुमा प्रायः प्रयोग हुने औषधिको अभाव भएको छ।
चीनको राष्ट्रिय स्वास्थ्य आयोगले हाल कोभिड–१९ बाट मृत्यु हुनेका बारेमा जानकारी दिएको छैन। चीनमा कोरोना संक्रमणका कारण हरेक दिन हजारौँ मानिसको मृत्यु भइरहेको रिपोर्टहरुले दाबी गरेका छन्।
चीनले सोमबार बाहिरबाट आउने यात्रुलाई क्वारेन्टाइन गर्ने निर्णय परिवर्तन गरेको छ। जसअनुसार जनवरी ८ देखि अन्य देशबाट आउनेहरुलाई क्वारेन्टाइनमा बस्नुपर्दैन। त्यसलाई चीनको शून्य कोभिड नीतिमा ठूलो परिवर्तनका रुपमा हेरिएको छ। –एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19