काठमाण्डौ । बुटवलमा केन्द्रीय कार्यालय रही विभिन्न १० जिल्लामा कार्यक्षेत्र रहेको चौतारी लघुवित्तले निश्कासन गर्न लागेको ५ करोड ४० लाख मूल्य बराबरको आइपीओलाई इक्रा नेपालले आइपीओ ग्रेड फोरको रेटिङ प्रदान गरेको छ ।
यसको अर्थ कम्पनीको अवस्था औसत भन्दा कमजोर छ भन्ने हो । इक्राले १ देखि ५ प्वाइन्ट स्केलमा ग्रेडिङ्ग प्रदान गर्दछ, जसमा ग्रेड १ ले बलियो आधारहरु जनाउँछ भने गे्रड ५ ले कमजोर आधारहरु जनाउँछ । ग्रेड २, ३ र ४ मा प्रयोग गरिने प्लस चिन्हले त्यस समूहका तुलनात्मक सकारात्मक स्थितिलाई जनाउँछ ।
यो कम्पनीले १०० रुपैयाँ अंकित दरका ५ लाख ४० हजार कित्ता साधारण सेयरको प्राथमिक निश्कासनका लागि धितोपत्र बोर्डमा असार ७ गते आवेदन दिएको छ ।
यो कम्पनीको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धको काम एनआइबिएल एस क्यापिटल लिमीटेडले गर्नेछ ।
हाल चौतारीको चुक्तापूँजी १२ करोड ६० लाख रुपैयाँ रहेको छ । आइपीओपछि १८ करोडको उचाईमा पुग्नेछ ।
चालु आवको तेस्रो त्रैमासिकसम्ममा संस्थाले ६५ लाख ४२ हजार खुद नाफा गरेको छ ।
लघुवित्तको कार्यक्षेत्र रुपन्देही, नवलपरासी, कपिलवस्तुु, गुुल्मी, अर्घाखांची, पाल्पा, दाङ ,प्यूठान, रोल्पा र सल्यान रहेको छ । २०७२ सालमा बित्तीय सेवा संचालनको अनुमति पाएको यो कम्पनीको हाल ३४ शाखा रहेका छन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago