काठमाण्डौ । बुटवलमा केन्द्रीय कार्यालय रही विभिन्न १० जिल्लामा कार्यक्षेत्र रहेको चौतारी लघुवित्तलाई धितोपत्र बोर्डले ५ करोड ४० लाख मूल्य बराबरको आइपीओ निश्कासनको अनुमति दिएको छ ।
यो कम्पनीलाई १०० रुपैयाँ अंकित दरका ५ लाख ४० हजार कित्ता साधारण सेयरको प्राथमिक निश्कासन(आइपीओ)का लागि बोर्डमा असार ७ गते आवेदन दिएको थियो । बोर्डले बिहीबार कम्पनीलाई आइपीओ निश्कासनको अनुमति दिएको हो ।
यो कम्पनीको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धको काम एनआइबिएल एस क्यापिटल लिमीटेडले गर्नेछ ।
हाल चौतारीको चुक्तापूँजी १२ करोड ६० लाख रुपैयाँ रहेको छ । आइपीओपछि १८ करोडको उचाईमा पुग्नेछ ।
लघुवित्तको कार्यक्षेत्र रुपन्देही, नवलपरासी, कपिलवस्तुु, गुुल्मी, अर्घाखांची, पाल्पा, दाङ ,प्यूठान, रोल्पा र सल्यान रहेको छ । २०७२ सालमा बित्तीय सेवा संचालनको अनुमति पाएको यो कम्पनीको हाल ३४ शाखा रहेका छन्।
कम्पनीको आइपीओलाई इक्रा नेपालले आइपीओ ग्रेड फोरको रेटिङ प्रदान गरेको छ ।
यसको अर्थ कम्पनीको अवस्था औसत भन्दा कमजोर छ भन्ने हो । इक्राले १ देखि ५ प्वाइन्ट स्केलमा ग्रेडिङ्ग प्रदान गर्दछ, जसमा ग्रेड १ ले बलियो आधारहरु जनाउँछ भने गे्रड ५ ले कमजोर आधारहरु जनाउँछ । ग्रेड २, ३ र ४ मा प्रयोग गरिने प्लस चिन्हले त्यस समूहका तुलनात्मक सकारात्मक स्थितिलाई जनाउँछ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago