काठमाण्डौ । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले आफ्नो नवाँै वार्षिक साधारणसभा आह्वान गरेको छ।
कम्पनी सञ्चालक समितिको वैशाख ५ गते (मंगलबार) बसेको बैठकले वार्षिक साधारणसभा यही वैशाख २८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको कमलपोखरीस्थित अग्रवाल भवनमा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाले आठौँ वार्षिक साधारणसभाबाट निर्णय भएबमोजिमको ४० प्रतिशत हकप्रद सेयरसम्बन्धी निर्णय रद्द गरी कम्पनीको चुक्तापुँजी ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँको १०० प्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
कम्पनीको पुँजी वृद्धि गर्ने सम्बन्धमा प्रबन्धपत्र स.शोधन गर्ने प्रस्ताव पारित गर्ने र सो सम्बन्धमा नियमनकारी निकायहरुबाट कुनै परिमार्जन गर्न निर्देशन भएमा सोबमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।
सभाले आर्थिक वर्ष २०७८–७९को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ।
वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले यही वैशाख १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ वैशाख १७ गते अघिल्लो दिनसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको वार्षिक साधारणसभा भाग लिन योग्य हुनेछन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19