काठमाण्डौ । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांश प्रस्ताव गरेको छ।

कम्पनी सञ्चालक समितिको हिजो मंगलबार साँझ बसेको बैठकले सेयरधनीहरुलाई सञ्चित मुनाफाबाट चुक्तापुँजीको कुल ५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा ५ प्रतिशतले हुन आउने बोनस सेयर र ०.२६ प्रतिशतले हुन आउने नगद लाभांश (कर प्रयोजनका लागि) रहेका छन्।

यसैगरी सोही बैठकले बोनस सेयर वितरणपछि कायम हुने चुक्तापुँजी २९ करोड ७६ लाख ७५ को ३० प्रतिशतले हुन आउने हकप्रद पनि जारी गर्ने प्रस्ताव गरेको छ। 

प्रस्तावित लाभांश र हकप्रद अनुमोदनका लागि कम्पनीले आफ्नो सातौँ वार्षिक साधारणसभा पनि डाकेको छ। सभा पुस २७ गते भर्चुल माध्यमबाट कम्पनीको केन्द्रीय कार्यालय काठमाण्डौ गैह्रीधारामा डाकिएको छ।