काठमाण्डौ । जेठको तेस्रो साता वाणिज्य बैंकहरुको निक्षेप बढेको छ भने कर्जा लगानी घटेको छ।
नेपाल बैंकर्स एसोसिएसन (एनबीए)का अनुसार जेठको तेस्रो साता (जेठ १४–२० गतेसम्म) वाणिज्य बैंकहरुको निक्षेप ७ अर्ब रुपैयाँले बढेको छ। योसँगै वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब ९० अर्ब रुपैयाँ पुगेको छ। गत जेठ १३ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब ८३ अर्ब रुपैयाँ रहेको थियो।
जेठ लागेयता भने वाणिज्य बैंकहरुको निक्षेप २० अर्ब रुपैयाँले बढिसकेको छ।
यसैगरी जेठको तेस्रो साता वाणिज्य बैंकहरुको कर्जा लगानी भने २ अर्ब रुपैयाँले घटेको एनबीएको तथ्यांकले देखाएको छ। गत जेठ १३ गतेसम्म कुल कर्जा लगानी ४१ खर्ब ९८ अर्ब रुपैयाँ रहेकोमा जेठ २० गतेसम्म घटेर ४१ खर्ब ९६ अर्ब रुपैयाँमा झरेको छ।
जेठ लागेयता वाणिज्य बैंकहरुको कर्जा लगानी ५ अर्ब रुपैयाँले बढेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19