काठमाण्डौ । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले स्थगित वार्षिक साधारणसभा पुनः डोकेको छ। 

कम्पनीले आर्थिक वर्ष २०७५/७६, २०७६/७७ र २०७७/७८ को वार्षिक साधारणसभा पुनः फागुन ११ गते एकैपटक डोकेको हो। सभा काठमाण्डौको लिसारा रिसेप्सनमा बिहान ११ः३० बजेबाट सुरु हुनेछ। 

यसअघि कम्पनीले गत माघ ३ गते वार्षिक साधारणसभा डोकेको थियो। तर, गणपूरक संख्या नपुगेपछि स्थगित भएको थियो। 

सभामा संस्थापक समूहको प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण समूहको प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन हुनेछ। 

सभाले तीनवटै आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण प्रतिवेदनहरु छलफल गरी पारित गर्नेछ। 

वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले गत पुस २१ गते बुक क्लोज गरिसकेको छ । यसको अर्थ गत पुस २० गतेसम्म कायम सेयरधनीहरुमात्रै सभामा भाग लिन पाउनेछन्।