काठमाण्डौ । ज्योति विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांश प्रस्ताव गरेको छ।
बैंक सञ्चालक समितिको हिजो बिहीबार बसेको बैठकले वितरणयोग्य खुद मुनाफा तथा वितरणयोग्य अन्य कोषहरु गरी जम्मा वितरणयोग्य मुनाफा रकम ३५ करोड ३३ लाख ७५ हजार ५३९ रुपैयाँबाट आफ्ना सेयरधनीहरुलाई चुक्तापुँजीको १० प्रतिशतले हुन आउने ३४ करोड ९५ लाख २९ हजार ३४४ रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो। बैंकले नगद लाभांश भने प्रस्ताव गरेको छैन। प्रस्तावित बोनस सेयर नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभाबाट वितरण गरिने बैंकले जनाएको छ।
यो बोनस सेयर अघिल्लो आर्थिक वर्षको तुलनामा २.७५ प्रतिशतले कम हो। अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा बैंकले १२.७५ बोनस सेयर वितरण गरेको थियो।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19