काठमाण्डौ । झापा इनर्जी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । 

कम्पनीले आईपीओ निष्कासनको अजेण्डासहित वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको पुस २८ गते बसेको सञ्चालक समितिको बैठकले आगामी माघ २३ गते कम्पनीको पाचौँ वार्षिक साधारण सभा डाकेको हो । 

उक्त सभामा सर्वसाधारण र आयोजना प्रभावित क्षेत्रका स्थानियवासीका लागि आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

यस्तै आईपीको निष्कासनको काम कारवाहीका लागि सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।   

सभामा आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै लेखापरीक्षक नियुक्ति गर्ने, गत आर्थिक वर्षको वासलात, नाफानोक्सान हिसाव, नगद प्रवाह स्थिति लगायतका विवरणमाथि छलफल गरी पारित गर्ने छ ।

यस्तै सभामा ७ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।