काठमाण्डौ ।  टक्सार पिखुवा खोला हाइड्रोपावरको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नविन सिलवाल नियुक्त भएका छन् ।

पुस १ गतेदेखि लागू हुने गरी कम्पनीले सिलवाललाई सीईओमा नियुक्त गरेको होे । उनको ऊर्जा क्षेत्रमा ६ वर्षभन्दा लामो कामको अनुभव छ । उनी कम्पनीमा वित्त प्रमुख थिए । कम्पनीले आईपीओ निश्कासनको लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृतीको पर्खाइमा छ ।

कम्पनीले करिब साढे ४७ लाख कित्ता साधारण सेयर निकासनको लागि धितोपत्र बोर्डमा निवदेन पेश गरिसकेको छ ।  कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा  प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ । 

कम्पनीले भोजपुरमा ८ मेगावाटको टक्सार पिखुवा  खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७७ चैतदेखि राष्ट्रिय प्रसारण प्रणालीमा जडान भई विद्युत उत्पादनबाट नियमित आम्दानी गर्दै गरिरहेको छ । 

आईपीओ जारी गरी उठेको रकम कम्पनीको बाँकी ऋण तिरी निकट भविष्यमै लगानीकर्तालाई लाभांश दिने पनि कम्पनीले बताएको छ ।