काठमाण्डौ ।सरकारले टिकटकपछि टेलिग्राम, स्नापच्याट लगायतका एप बन्द गर्ने योजना अनुरुप निगरानी बढाउन थालेको छ ।

सरकारले गत कात्तिक २७ गते लोकप्रिय सामाजिक सञ्जाल टिकटकलाई प्रतिबन्ध लगाएको थियो। 

यस्ता एपहरुलाई नियमन गर्ने कि टिकटक जसरी बन्द गर्ने भन्नेबारे अध्ययन भइरहेको स्रोतले बताएको छ ।

प्रधानमन्त्रीका सूचना प्रविधि विज्ञ प्रकाश रायमाझीका अनुसार निगरानीमा रहेका एपहरुको विशेषता र त्यसबाट समाजका पारिरहेको असरको आधारमा बन्द गर्ने या नगर्ने निर्णय हुन्छ ।

उनका अनुसार विज्ञहरुको समूहले नेपालमा प्रयोगमा रहेका लाइकी, इमो, बिगो, टिन्डर, टनटन, बम्बल, टेलिग्राम, स्नापच्याट लगायतका सञ्जाल र एपहरुबारे अध्ययन भइरहेको छ । बिगो लाइभजस्ता लाइभ स्ट्रिमिङ एपमा विकृत क्रियाकपलाप मौलाएको तथा इमो, टेलिग्रामजस्ता म्यासेजिङ एपमार्फत आर्थिक तथा यौनजन्य अपराधका घटना समेत हुने गरेको दाबी छ ।

सरकारले सामाजिक सद्भाव खलबल्याएको तथा पारिवारिक विचलन ल्याएको भन्दै  यसअघि नै टिकटकमाथि प्रतिबन्ध लगाइसकेको छ । यसविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको त छैन तर लिखित जवाफ माग्दै अन्तिम सुनुवाइका लागि मंसिर १९ गते पेशी तोकेको छ ।

टिकटक बन्द गर्ने सरकारको निर्णयप्रति मानिसहरुले गरेको समर्थनबाट यतिखेर सरकार उत्साहित छ।सरकारले हालै मात्र सामाजिक सञ्जाल प्रयोगलाई व्यवस्थित गर्न तथा सामाजिक सञ्जालका प्लेटफर्म सञ्चालक र प्रयोगकर्ताको स्व–नियमनलाई प्रवर्द्धन गर्न भन्दै सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका- २०८० ल्याएको छ ।उ

ता दूर सञ्चार प्राधिकरणले पनि इन्रनेट सेवा प्रदायकहरुलाई अझै टिकटक बन्द नगरेको भन्दै खारेज गर्नेसम्मको चेतावनी दिएको छ ।

स्रोतका अनुसार अहिले यो अध्ययनमा आवश्यकता अनुसार साइबर ब्यूरो, नेपाल प्रहरीले पनि समन्वय गरिरहेका छन् ।