काठमाण्डौ । चिनियाँ एप टिकटकमा विश्वभरका देशमा कडाइ जारी छ। अहिले कम्पनीलाई झट्का दिँदै बेलायतले २०६ करोड रुपैयाँ (१२.७ मिलियन पाउन्ड) जरिवाना लगाएको छ। 

बेलायतको वाचडगले सोसल मिडिया एपमा निकै गम्भीर आरोप लगाएको छ। टिकटकमाथि १३ वर्षमुनिका बालबालिकाको व्यक्तिगत डाटा प्रयोग गरेको र डाटा संरक्षण ऐन उल्लंघन गरेको आरोप लागेको छ।

बेलायतको सूचना आयुक्तको कार्यालय (आईसीओ)ले टिकटकले १३ वर्षमुनिका १४ लाख बेलायती बालबालिकालाई २०२० मा यसको प्लेटफर्म प्रयोग गर्न अनुमति दिएको थियो। जब कि आईसीओको दाबी छ कि यसका लागि प्रयोगकर्ताको उमेर कम्तीमा १३ वर्ष हुनुपर्छ।

आईसीओका अनुसार डाटा सुरक्षा कानुन उल्लंघन मे २०१८ र जुलाई २०२० बीच भएको छ। 

चिनियाँ एप कम्पनीले कुन उमेरका बालबालिकाले एप प्रयोग गरिरहेका छन् भनी अनुसन्धान गर्ने प्रयास नगरेको बेलायतको दाबी छ। नियमअनुसार एपले १३ वर्षमुनिका बालबालिका छनोट गरी हटाउनुपर्ने थियो।

बेलायतका सूचना आयुक्त जोन एडवर्ड्सले टिकटकले कानुनको पालना नगरेको बताए। उनले बालबालिकाको डाटा ट्रयाक गर्न र प्रोफाइल तयार गर्न प्रयोग गर्न सकिने बताए। यो डाटा हानिकारक वा अनुपयुक्त सामग्रीको साथ प्रयोग हुने सम्भावना पनि छ।

टिकटकले पनि बेलायतको यो निर्णयमा स्पष्टीकरण दिएको छ। कम्पनीले आईसीओको निर्णयसँग असहमत रहेको जनाएको छ। १३ वर्षमुनिका बालबालिकालाई प्लेटफर्मबाट टाढा राख्न ठूलो लगानी गरिएको कम्पनीले जनाएको छ। ‘४० हजार कर्मचारीको बलियो टोली यी सबै विषयमा चौबीसै घन्टा काम गर्छ। ता कि प्लेटफर्म सुरक्षित बनाउन सकिन्छ’, टिकटकले भनेको छ, ‘हामी निर्णयको समीक्षा गर्न जारी राख्नेछौँ।’ –एजेन्सी