-अनन्त्य सुन्दर
काठमाण्डौ । धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष रमेशकुमार हमालले साना लगानीकर्तालाई ठूलाले झुक्याउन नसक्ने बजार बनाउने काम आफ्नो प्राथमिकतामा पर्ने बताएका छन् ।
सरकारले बोर्ड अध्यक्ष नियुक्त गरेलगत्तै बिजशालासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
हमालले भने–‘जुन-जुन मुलुकमा नियामकद्वारा साना लगानीकर्ताहरूलाई जोगाइन्छ, ती मुलुकहरूमा बजार स्वच्छ ढङ्गले अघि बढेको देखिन्छ। त्यसैले स्वास्थ्य र स्थिर बजार बनाउन सानालाई ठूलाले झुक्याउन नसक्ने बजार बनाउनु नै मेरो मुख्य उद्देश्य हुनेछ ।’
साना लगानीकर्ताहरूको हकहितमा कसरी काम गर्नु हुन्छ ? भन्ने प्रश्नको उत्तर दिँदै हमालले अहिले बजारमा प्रभुत्व जमाएका मान्छेले चलखेल साथै ईन्साईडर ट्रेडिङ गरेको देखिएको र त्यस्ता क्रियाकलाप नियमन गर्नु नै आफ्नो मुख्य उद्देश्य हुने समेत दाबी गरे ।
आफू बोर्डमा साना लगानकिर्ताको हितमा काम गर्नकै लागि आएको उल्लेख गर्दै उनीहरुको समस्या सधैं आफ्नो प्राथमिकतामा पर्ने समेत प्रष्ट्याए ।
‘त्यस्तो क्रियाकलापको निगरानीका लागि बलियो डिपार्टमेन्ट बनाउन आवश्यक परेमा छुट्टै डिपार्टमेन्ट बनाएर त्यस्ता गतिविधि नियमन गर्छु।’ उनले थपे–‘ईन्साईडर ट्रेडिङ हुन नसक्ने बजार बनाउनु मेरो मुख्य कार्य हुनेछ। त्यस्तो गतिविधि भएमा समयमा नै पत्ता लाग्न सक्ने सिस्टम बनाउने छु।’
बैङ्क, हाइड्रोपावर, ब्रोकर, मर्चेन्ट लगायत अन्य बजारसँग आबद्ध कम्पनीहरूले सार्वजनिक गर्ने वित्तीय विवरणहरूको पारदर्शिता र शासन प्रणाली कायम गर्न फ्रेमवर्क समेत बनाइने उनले घोषणा गरे ।
हमालले बजारको स्थिरता नै आफ्नो प्रमुख एजेन्डा रहेको बताउँछन्। हमाल भन्छन्–‘म यो भन्दा पहिला बजार भन्दा बाहिरको संस्थाहरूमा संलग्न थिएँ। त्यसैले बजारलाई फरक दृष्टिकोणबाट हेर्ने भएकाले यो समग्र पुँजी बजारका लागि सबल र सुखद पक्ष हो । मैले अन्तर्राष्ट्रिय प्रोटोकल र शासन प्रणाली बुझेको छु। त्यसैले ती प्रोटोकल र शासन प्रणालीलाई बजारमा लागू गरी बजार पारदर्शी बनाउनेछु।’
अर्को एक प्रसंगमा उनले संस्था बलियो भयो भने मात्र हातेमालो गरेर काम गर्न सकिन्छ भन्दै सेबोनमा नै कर्मचारीहरूको आन्तरिक टिम बलियो बनाउँदै रथका चार पाङ्ग्रा जसरी काम गरेर समग्र बजार र लगानीकर्ताहरूको हितमा काम गरिने प्रतिबद्धता समेत जनाए ।
9 months ago
9 months ago
9 months ago
9 months ago
9 months ago
9 months ago
9 months ago
9 months ago
9 months ago
9 months ago