काठमाण्डौ । ठूलो खोला हाइड्रोपावरले पहिलो वार्षिक साधारण सभा बोलाएको छ ।
कम्पनीले आगामी मंसिर २९ गते काठमाण्डौ महानगरपालिका-२२ खिचापोखरीमा बिहान ११ बजे सभा बोलाएको हो । सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन माथि छलफल गर्ने तथा चालू आवको लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
यस्तै, विशेष प्रस्तावमा प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने पनि छ । यसैगरी, सभाले आईपीअो निष्कासनको लागि आवश्यक प्रक्रिया अगाढि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ ।
यसका साथै सभाले अन्य परियोजनाहरुमा लगानी गर्ने लगायतका सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ ।
उक्त कम्पनीको २२.५ मेगावाट क्षमताको आयोजना माग्दीको राघुगंगा गाउँपालिका वडा नम्बर ७ र ८ को ठूलो खोलामा निर्माण भइरहेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago