काठमाण्डौ । दोस्रो बजारमा बिहीबार कारोबार सुरु भएको भएको डेढ घन्टामै तीनवटा माइक्रो फाइनान्सको सेयरमूल्यमा ह्वात्तै बढोत्तरी भएपछि पोजेटिभ सर्किट लागेको छ । 

हिजोको तुलनामा १० प्रतिशतको हाराहारी प्रतिकित्ता सेयरमूल्यमा बढोत्तर आएपछि स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेड, सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेड र समिट लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको हो । 
स्वाभिमान लघुवित्तको सेयरमूल्य बुधबार तुलनामा ३७ रुपैयाँले बढेर प्रतिकित्ता ४१६ रुपैयाँ पुगेको छ । यो कम्पनीको बुधबार अन्तिम सेयरमूल्य प्रतिकित्ता ३७९ रुपैयाँ थियो । 

मार्केट डेप्थमा कम्पनीको १३१२० कित्ता सेयर खरिद पोस्ट भएको छ । जब कि बिक्री एउटा पनि पोस्ट भएको छैन । यसले कम्पनीको सेयर खरिद गर्नेको चाप बढी र बेच्नेको चाप शून्य देखाउँछ । 

त्यस्तै दोस्रो बजारमा बिहबिार कारोबार सुरु भएको १ घन्टामै सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूलमा उछाल आएपछि पोजेटिभ सर्किट लागेको छ । 
कारोबार सुरु भएको १ घन्टामै कम्पनीको सेयरमूल्य १० प्रतिशतको हाराहारीमा बढोत्तरी आएपछि पोजेटिभ सर्किट लागेको हो । कम्पनीको सेयर प्रतिकित्ता बिहीबार ७२ रुपैयाँले बढेर ७९३ रुपैयाँ पुगेको छ । बुधबार कम्पनीको अन्तिम सेयरमूल्य प्रतिकित्ता ७२१ रुपैयाँ थियो । 

मार्केट डेप्थमा सूर्योदय लघुवित्तको १०० कित्ता सेयर खरिद पोस्ट भएको छ भने बिक्रीतर्फ ३०६ कित्ता पोस्ट भएको छ । यसले सूर्योदय लघुवित्तको सेयर किन्नेभन्दा पनि बेच्ने चाप बढी रहेको देखाउँछ ।

अर्को समिट लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य एकाएक बढोत्तर आएपछि बिहीबार दोस्रो बजारमा कारोबार सुरु भएको २५ मिनेटमै पोजेटिभ सर्किट लागेको छ । 

एकाएक सेयर मूल्यमा १० प्रतिशतको हाराहारीमा बढोत्तरी आएपछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५३० रुपैयाँ पुगेको छ । दोस्रो बजारमा यो कम्पनीको अन्तिम सेयर मूल्य प्रतिकित्ता ४८२ रुपैयाँ थियो । बिहीबार यसको सेयर मूल्यमा प्रतिकित्ता ४८ रुपैयाँले बढेको छ । 

मार्केट डेप्थमा कम्पनी सेयर खरिदकर्ताको चाप देखिए पनि बिक्रीतर्फ एकजनाले पनि चासो देखाएका छैनन् । यो समाचार तयार पार्दासम्म मार्केट डेप्थमा कम्पनीको २ हजार ७४३ कित्ता सेयर खरिद पोस्ट भएको छ भने बिक्रीतर्फ कुनै पोस्ट भएको छैन।