 
                     
                                
                             
                                    काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुमा चलेको मर्जरको लहरले सदस्य संख्या घट्दै गएको डेभलपमेन्ट बैंकर्स एशोसिएसनले नयाँ नेतृत्व पाएको छ।
देशमा अस्तित्वमा रहेका विकास बैंकहरुको छाता संगठनको रुपमा स्थापित डेभलपमेन्ट बैंकर्स एशोसिएसनको अध्यक्षमा प्रद्युम्न पोखरेल चयन भएका हुन् । उनी देशकै नम्बर वान विकास बैंक, मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत हुन्।
यसअघि देशकै अर्को उत्कृष्ट विकास बैंक, गरिमा विकास बैंकका सीइओ गोविन्द ढकाल एशोसिएसनको अध्यक्ष थिए।
एशोसिएसनको उपाध्यक्षमा सांग्रीला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ चयन भएका छन्।
चितवनको भरतपुरमा सम्पन्न एसोसिएसनको पन्ध्रौं वार्षिक साधारण सभाबाट बोधराज देवकोटलाई सचिवमा चयन गरेको छ। उनी हालै मात्र सिटिजन्स बैंक छाडेर महालक्ष्मी विकास बैंकको सीइओ बनेका थिए।
कोषाध्यक्षमा कामना सेवा विकास बैंकका सीइओ प्रवीण बस्नेत चयन भएका छन्।
एशोसिएसनको कार्यसमिति सदस्यहरुमा लुम्बिनी विकास बैंकका सीइओ नरेशसिंह बोहोरा, साइन रेसुंगा डेभलपमेन्ट बैंकका सीइओ प्रकाश पौडेल, ज्योति विकास बैंकका सीइओ श्रीचन्द्र भट्ट, सप्तकोशी डेभलपमेन्ट बैंकका सीइओ नवीन सुवेदी र ग्रीन डेभलपमेन्ट बैंकका सीइओ उमेशकुमार आचार्य चयन भएका छन्।
हाल एशोसिएसनमा १५ वटा विकास बैंक सदस्य संस्थाको रुपमा रहेका छन् ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19