काठमाण्डौ । गत आर्थिक वर्ष २०७८–७९ को मुुनाफाबाट हालसम्म २० वाणिज्य बैंकले लाभांश दिने घोषणा गरेका छन् भने ४ वटाले नदिने निर्णय गरेका छन्। 

लक्ष्मी, सनराइज, माछापुुच्छ्रे र एनआइसी एसिया बैंकले लगानीकर्तालाई लाभांश नबाँड्ने निर्णय गरेका हुन्। एनआईसी एसियाले अघिल्लो वर्ष पनि नेपाल राष्ट्र बैंकले तोकेको पुँजीकोष अनुपात कायम गर्न नसक्दा लाभांश विवरण गर्न सकेको थिएन। 

लाभांश नदिने निर्णय गरेका ४ वाणिज्य बैंकले विविध कारण गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई प्रतिफल नदिइएको जनाएका छन्। 

लाभांश घोषणा गरेका वाणिज्य बैंकमध्ये सबैभन्दा धेरै नबिलले बम्पर घोषणा गरेको छ। यो बैंकले गत आर्थिक वर्षको नाफाबाट कुल ३० प्रतिशत लाभांश घोषणा गरेको छ। जसमा बोनस सेयर १८.५ प्रतिशत र नगद लाभांश ११.५ प्रतिशत छ। 

त्यसैगरी दोस्रो सबैभन्दा धेरै बैंक अफ काठमाण्डूूले झन्डै २१ प्रतिशत लाभांश घोषणा गरेको छ। यो बैंकले गत वर्षको मुुनाफाबाट बोनस सेयर ६ प्रतिशत र नगद लाभांश १४.९५ प्रतिशत गरी कुल २०.९५ प्रतिशत लाभांश घोषणा गरेको हो। 

तेस्रोमा सबैभन्दा धेरै एभरेस्ट बैंकले कुल २०.६८ प्रतिशत लाभांश घोषणा गरेको छ।

यसैगरी हिमालयन बैंकले कुुल १९.११ प्रतिशत, स्टान्डर्ड चार्टर्डले १६.५१ प्रतिशत, ग्लोबल आईएमईले १३.६ प्रतिशत, सिद्धार्थले १३.१६ प्रतिशत, कुुमारीले १२.५ प्रतिशत, नेपाल बैंकले १२ प्रतिशत, नेपाल इन्भेस्टमेन्ट र एनसीसीले समान ११ प्रतिशत, सानिमाले १०.९८ प्रतिशत, नेपाल एसबीआईले १०.५३ प्रतिशत, सिटिजन्सले ९ प्रतिशत, प्राइमले ८.९५ प्रतिशत, एनएमबीले ८.२५ प्रतिशत, प्रभुुले ८ प्रतिशत, मेगाले ७.७९ प्रतिशत, सिभिलले ५.२६ प्रतिशत र सेन्चुुरीले ५ प्रतिशत लाभांश घोषणा गरेको छ।

गत आर्थिक वर्षका लागि कृषि विकास र राष्ट्रिय वाणिज्य बैंकले भने लाभांश घोषणा गर्न बाँकी छ। 

उता ९ वटा वाणिज्य बैंकले साधारणसभासमेत सकेर लाभांश पारित गरिसकेका छन् भने ८ वटाले साधारणसभा आह्वान गरेका छन्। तीनवटा वाणिज्य बैंक साधारणसभा बोलाउने तरखरमा छन्।