काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(पुस २६ गते) देखि बैंकिङ प्रणालीबाट रहेको २० अर्ब रुपैयाँ तरलता संकलन गर्न लागेको छ । बजारमा रहेको अधिक तरलतालाई व्यवस्थित गर्न राष्ट्र बैंकले २० अर्ब रुपैयाँको निक्षेप संकलन गर्न लागेको हो ।  

बैंकले निक्षेप सङ्कलन उपकरणको माध्यमबाट ७ दिने निक्षेप सङ्कलन गर्न लागेको हो । अनलाइन बिडिङ सिस्टममार्फत आज दिउँसो २ बजेबाट बोलकबोल  हुने बैंकले जनाएको छ । 

इच्छुक आवेदकले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । निक्षेप सङ्कलनको परिपक्वता वा सावाँ ब्याज भुक्तानी आगामी माघ ४ गते हुनेछ । 

निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउन सक्ने बैंकले जनाएको छ ।