काठमाण्डौ । माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको साधारण शेयर(आइपीओ)मा तीन लाख ४६ हजार १६६ जनाले आवेदन दिएका छन् ।
सिडिएससीबाट मंगलबार साँझ उपलब्ध अन्तिम विवरणअनुसार रु ६ अर्ब ७० करोड ५८ लाख २८ हजार बराबरको आवेदन परेको छ । कुल १ लाख ५९ हजार ९९२ जनाले सेयर खरीदका लागि आवेदन दिएका छन् ।
माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेका अनुसार केही आवेदन भने रद्द हुने देखिएको छ । नाम थर स्पष्ट नभएको, हितग्राही खाता भर्न छुटेका तथा ठेगाना स्पष्ट नभएका केही शेयर आवेदन भने रद्द हुनेछ ।
कम्पनीले यही कात्तिक १५ गतेदेखि कूल पूँजीको १५ प्रतिशतले हुन आउने रु एक अर्ब ५८ करोड बराबरको साधारण शेयर बिक्री गरेको थियो । यही कात्तिक १९ गतेसम्म देशभरबाट आवेदन सङ्कलन गरेको थियो ।
कम्पनीको शेयर बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सनराइज क्यापिटल रहेका थिए । शेयर आवेदन गर्ने सबैलाई दश कित्ता न्यूनतम शेयर दिनुपर्ने नियामक निकाय नेपाल धितोपत्र बोर्डको निर्देशनानुसार नै बाँडफाँड हुने अवस्था रहेको छ ।
कम्पनीले न्यूनतम ५० कित्ता र अधिकतम एक हजार कित्तासम्म आवेदन गर्न पाउने व्यवस्था गरेको थियो । बढी कित्ता आवेदन गर्नेले न्यूनतम ४५ कित्तासम्म शेयर पाउनसक्ने देखिन्छ ।
कम्पनीले आगामी दुई साताभित्र शेयर बाँडफाँड गर्ने तयारी गरेको छ ।
कम्पनीले दोलखाको लामाबगरमा ४५६ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । आयोजनाको हाल ९७ प्रतिशत भौतिक प्रगति भएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago